2024-04-20

Close
काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच चुनावी सहकार्य हुने भएको छ । एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटबारे गरिएको सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ ।

सत्ता गठबन्धनमा आवद्ध जसपाले सिट बाँडफाँटमा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै एमालेसँग सहकार्यको लागि हात अघि बढाएको हो ।

जसपानिकट उच्च स्रोतकाअनुसार मधेश प्रदेशमा रहेको प्रतिनिधिसभातर्फको ३२ सिटमा १६ १६ सिट लिने सहमति भएको छ । यस्तै, प्रदेशमा पनि आधा आधा सिट लिने सहमति भएको छ । जसपा अध्यक्ष यादव ओलीसँग छलफलमा जुटेपछि सत्ता गठबन्धनको बैठक भने प्रभावित बनेको छ । file photo

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds