सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ता नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश

जनकपुरधाम । सिरहामा नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सिरहा नगरपालिका वार्ड नं. ६ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । अगुव कार्यकर्ता भेलामा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव र विशिष्ट अतिथि कानुन न्याय तथा प्रदेश मामिला मन्त्री तथा पार्टी सिरहा जिल्ला अध्यक्ष मा. प्रमोद यादवको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष सुदन कुसियैत, नेकपा (एमाले)का रामकुसुम महरा काँग्रेसका – देवनाथ बनरैत, सुमिता महरा जसपा – प्रदिप गोईत, सम्भु दास लगायत १०० जना विभिन्न पार्टी परित्याग गरि सयौं नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पार्टीमा प्रवेश भएको हो । कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी सदस्य देबिन्द्र गोहिवार, जिल्ला अध्यक्ष युवा संघ नेपालका राजेश यादव, नेकपा एकिकृत समाजवादी सिरहा नगर कमिटीका नगर अध्यक्ष ईन्द्रजित यादव लगायत स्थानीय बासीहरुको उपस्थित रहेको थियो ।

बिज्ञापन