2024-04-25

Close
जनकपुरधाम भदौ २२। समाजवादी पार्टीको प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ को सांसद उमाशंकर अरगडियाले नेपालमा भारतीय सवारीमाथी गरेको प्रतिबन्ध प्रती आपत्ति जनाएका छन । राजश्व चुहावटको बहानामा सम्बन्धित कर्मचारीले भ्रष्टाचारलाई बढावा दिने गरि भारतीय नम्बरको गाडीमाथि अंकुश लगाएको अरगडियाको तर्क छ ।
आईतबार सांसद सभामा बोल्दै प्रमुख सचेतक अरगडियाले तराई मधेसको अधिकांश जिल्ला भारतीय सिमा संग जोडिएकाले भारतिय सवारीमाथी अंकुश लगाउंदा राजश्व घाटा संगै भारतीय पर्यटकको संख्यामा कमि आउने दाबी गरे । भारतीय सबारीलाई नेपालमा एक बर्षमा एक महिना मात्र भित्र्याउन पाउने नियम लागू गर्दा उक्त सबारीबाट आउने भन्सार राजश्वमा ह्रास आउने बताए ।
“भारतीय पर्यटकहरु दैनिक रुपमा भन्सार तिरेर नेपाल आउने गरेका थिए । तर अहिले आएर अनलाईन सिस्टम मार्फत ३० दिन नेपाल आउन पाउने भन्सारको नयाँ नियमले तराई मधेसको आर्थिक आम्दानीमा गिरावट आएको छ । पर्यटकहरु झन बिचल्लीमा परेको छ “।, सचेतक अरगडियाले भने -“सरकारले प्रतिनिधि सभामा पेश गरेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण बिधेयक त्रीटुपूर्ण छ ।
बिधेयकमा एक करोड बिगो जरिवाना र एक महिना देखि छ महिना सम्म संजाय हुने ब्यबस्था रहेकोछ । यसले पहुँचवालालाई न्यूनतम र बिना पहुंचवालालाई अधिकतम संजाय हुने निश्चित छ । त्यसैले यो बिधेयक संशोधन गरि एक किसिमको संजायको ब्यबस्था गर्नु पर्छ । नभए यस्तो बिधेयकले झन भ्रष्टाचार बढ्छ ।”
भिडियो हेर्नु ,,
यति मात्र नभएर सिमा क्षेत्रका ब्यापारीलाई भन्सार कर्मचारी तथा प्रहरी प्रशासनले अनावश्यक दु:ख दिने गरेको टिप्पणी गरे । ब्यापार व्यावसायिका लागि राजश्व तिरेर अनुमती लिएको भएपनी जनकपुर वा सदरमुकाम बाट मालसामान पसलमा लगिराख्दा भन्सार प्रमुख, कर्मचारी र प्रहरीले बलजफ्ती नियन्त्रणमा लिई गलत मुचुल्का गर्दै आएको जानकारी गराए । उक्त मुचुल्काको आधारमा आफ्नो ब्यबसायिका लागि लग्ने मालसामान जफत गर्दा व्यापारी थप घाटामा जानेगरेको बताए । त्यसैले सिमा क्षेत्रका जिल्लाहरुमा निरवाद्व रुपमा ब्यबसायी संचालन गर्ने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds