2024-04-25

Close

प्रतिनिधि सभामा अरगरियाको प्रश्न : लोकसेवा आयोग संसद भन्दा माथि छ ? प्रमुख सचेतक अरगरिया

 

उनले भने ” यो सरकारले मधेशी , आदिवासी , थारू समुदायहरु संग विभेद गरेकै हो । “

 

जनकपुरधाम भदौ २६। धनुषा निर्वाचन क्षेत्र नं २ को सांसद तथा समाजवादी पार्टीको प्रमुख सचेतक उमाशंकर अरगडियाले लोकसेवा आयोगले मधेशी तथा अन्य समुदायसंग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको मांग गरेका छन् ।

 

प्रतिनिधि सभाको बिहिवारको बैठकमा सांसद अरगरियाले वर्तमान सरकारले लोकसेवा आयोगमाथि नियन्त्रणको प्रयास गरेर मधेशसंग विभेद गराएको बताएका हुन । संविधान विपरीत रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको मांग सहित संसदबाट समेत विज्ञापन रहेको लागि निर्णय गरिए पनि लोकसेवाले बलजफ्ती रूपमा परिक्षा संचालन गरेको भन्दै आक्रोश पोखे ।

 

उनले भने , गाउँ स्तरका सामुदायिक बिधालयमा कक्षा -५ सम्म पढ्ने विद्यार्थीलाई अंग्रेजी बोल्न आउदैन , यहाँ सम्म कि कक्षा -५ मा पढाउने शिक्षक शिक्षिका पनि धेरै यस्ता छन जसलाई अंग्रेजी राम्ररी आउदैन , गरिब र मध्य वर्गीय परिवारले प्राइभेट स्कुलमा पढाउने क्षमता छैन ? सबैले काठमाडौका ठुल ठुला स्कुलमा पढाउन सकने क्षमता छैन ? तर पनि आरक्षणको दम्भमा मधेशी ,थारू ,आदिवासी ,जनजातिहरुले लडेर लोकसेवा पासगर्ने मौका पनि वर्तमान सरकारले खोसे । यो सरकार लोकसेवा आयोगलाई आफ्नै भातृ संगठनको रूपमा बनाउन खोजिएको छ ?

 

कैयौंपटक संघीय सांसद भवनमा लोकसेवा आयोगको विज्ञापन विरुद्ध बोल्दै आएका प्रमुख सचेतक अरगरियाले राष्ट्रसेवक कर्मचारी भएर संविधान विपरीतको विज्ञापन प्रकाशित गरि परिक्षा समेत संचालनगरे पनि कुनै करवाही नगरिएको भन्दै खेद प्रकट गरे ।उनले भने “यस्ता कर्मचारीलाई करवाही गर्ने कि नगर्ने ? आरक्षण खाएका ती कर्मचारीलाई कारवाही हुनुपर्छ । यो सरकारले मधेशी ,थारू , आदिवासी समुदायहरु संग विभेद गरेकै हो ।”

 

प्रमुख सचेतक अरगडियाले भने – “सिंचाईको अभावमा किसानहरु बिचल्लीमा परेका छन । किसानहरुले लगाएको धान पानीको अभावमा सुक्न थालेकाले सरकारले धान किसानका लागि राहत तथा खेतमा पानी उपलब्ध गराउन सक्ने उपकरण बितरण र आवासको व्यवस्था गर्न सरकार लाई अगाडि आउनु पर्छ ।”

सचेतक अरगडियाले भने । बाढी पीडित राहतको जनगुणासो बढेकोले सभामुख कृष्ण बहादुर महरा मार्फत आज दोस्रोपटक किसानहरुको लागि जिरो समयमा सरकारलाई ध्यानाकर्षण समेत गराएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds