2024-04-24

Close

जनकपुरमा गोली चल्यो, गोलीबाट एक डांका घाईते, चार पक्राउ

जनकपुरधाम  असोज ९ गते : जनकपुरमा एकाबिहनै गोली चलेको छ । जिल्ला प्रहरी धनुषाको क्राईम ब्रन्चका ईन्चार्ज प्रहरी नायब निरीक्षक संतोष झाको कमान्डमा रहेको टोलीले जनकपुरको जानकी फर्निसिङ पसलमा डकैती गर्ने क्रममै दुई भारतीयसहित चार डकैतलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट हतियार समेत बरामद भएको छ। प्रहरीलाई देख्ने बितिकै डाकाले प्रहरी माथिनै पेस्तोल देखाउंदै भाग्न थालेपछी प्रहरीले गोली चलाएको हो ।

पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको बृदावन नगरपालिका घर भएका ३५ वर्षीय गगण पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोदप्रसाद सिंह छन्। पक्राउ गर्ने क्रममा सिंहलाई गोली लागेको छ। खुट्टामा गोली लागेको सिंहलाई उपचारका लागि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ।

 

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार विहान साढे ३ बजे पसलको सटर फोड्दै प्रहरीले देखेपछि पक्राउ गर्न खोज्दा डकैतहरु भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड गोली चलाएर दुई जनालाई समात्यो। घटनास्थलबाट भागेका थप दुई डकैत पनि पक्राउ परिसकेको छ ।

एसपी खनालले भने, ‘चाडपर्व नजिकिएपछि प्रहरीले रातभर गस्ती गर्न थालेका छन्, सोही क्रममा डकैतहरु डकैती गर्ने क्रममा रंगेहात पक्राउ परेका छन्।’ उनले उनीहरुको साथबाट लोडेड अवस्थामा एक थान कटुवा पेस्तोल, केहि राउण्ड गोली र पसलको सटर फोड्ने विभिन्न उपकरण समेत बरामद भएको जानकारी दिए।
सटर फोडेर डकैत पसल भित्र छिरेको दृष्य पसलको सिसि क्यामेरामा समेत कैद भएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds