तराई मधेशमा आज धुमधाम संग छठपर्व मनाइदै

जनकपुरधाम । मुलुकमै चर्चित जनकपुरमा छठको आज सूर्य भगवानलाई साँझ अर्घ दिन जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा अर्घको घुइचो लागेको छ ।

शुक्रवार साँझ खरना समाप्त भएपछि रातिको १२ बजे देखी नै अर्घ पोखरीको घाटमा लाग्न थालिएको हो। तराई–मधेसको नदी, तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ चोखो भएर पूजा पाठ गरिरहेका छन् ।

मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागरलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।

बिज्ञापन

जनकपुरको गंगा सागरमा छठ पूजा समिति, जनक युवाक्लब, भैरव युवा क्लब र धनुष सागर पोखरीमा गणेश युवा कमिटी र राम युवा कमिटीले सर सजावटको जिम्मा लिएको छ ।

पोखरी तथा तलाउका घाट ९किनार० सजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ।

यस पटक भने घाटमा अर्घ राखेको वापत गंगा सागरमा क्लबले ५ सय रुपैँया लिएको थियो जसको स्थानीयद्वारा चर्को विरोध समेत भएको थियो।