2024-04-25

Close

अफगानिस्तानलाई एकतर्फी खेलमा ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा पहिलो जित दर्ता गरेको छ। पाकिस्तान र न्युजिल्यान्डसंग सहजै पराजित भएको भारतले तेश्रो खेलमा भने प्रदर्शनमा व्यापक सुधार गर्यो। सेख जायद स्टेडियम अबुधाबीमा भारतले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभर ब्याटिंग गर्दै ७ विकट क्षेतीमा १४४ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए जुन क्रममा अविजित रहँदै २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नाबीले ३५ रन, रहमनुल्लाह गुर्बजले १९, गुल्बदिन नैबले १८, हज्रतुल्लाह जजाईले १३ रन बनाए। नाबी र जनत बीच छैठौं विकेटको लागि ५७ रनको साझेदारी इनिंग्सको सर्वाधिक रह्यो। भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ४-०-३२-३ ) लिए भने रभीचन्द्रन आश्विनले २ विकेट ( ४-०-१४-२ ) तथा जस्प्रित बुम्राह ( ४-०-२५-१ ), रभीन्द्र जडेजाले ( ३-०-१९-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट क्षेतीमा २१० रन बनाएको थियो। यो योगफल टि-२० विश्वकप इतिहासमा भारतको दोश्रो ठूलो योगफल हो भने विश्वकप इतिहासकै छैठौं ठूलो योगफल हो। यस अघि भारतको सर्वाधिक योगफल २१८ थियो जुन इंग्ल्यान्ड बिरुद्ध २००७ मा बनाएको थियो।

भारतको लागि रोहित शर्माले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे भने केएल राहुलले ४८ बलमा ६ चौका र २ छक्का मद्दतले ६९ रन बनाए। यस्तै हार्दिक पान्ड्याले अविजित ३५ रन बनाए जुन क्रममा १३ बलमा ४ चौका र २ छक्का तथा रिशभ पन्तले १३ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २७ रन बनाए। कप्तान बिराट कोहली भने ब्याटिंग गर्न उत्रेनन्।

रोहित र राहुलले पहिलो विकेटको लागि १४० रनको कीर्तिमानी साझेदारी गरे। टि-ट्वान्टी विश्वकप इतिहासमा यो भारतको सर्वाधिक ओपनिंग साझेदारी हो। यस अघि सन् २००७ मा विरेन्द्र सेहवाग र गौतम गम्भीरले १३६ रनको साझेदारी सर्वाधिक थियो। पन्ध्रौँ ओभरमा रोहितलाई करिम जनतले क्याच आउट तथा सत्रौं ओभरमा राहुललाई गुल्बदिन नैबले बोल्ड गर्दै अफगानिस्तानलाई खेलमा फर्काए। तर त्यसपछि रिशभ पन्त र हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र २१ बलमा ६३ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा भारत ले १ विकेट गुमाएर ६८ रन बनायो। अफगानिस्तानको बलिंगमा गुल्बदिन नैब ( ४-०-३९-१ ) र करीम जनत ( १-०-७-१ ) ले समान एक विकेट लिए।

अंकतालिका

जितपछि भारत समुह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ भने नेट रन रेटमा सुधार गरेको छ। खेल अघि -१.६०९ रहेको भारतको नेट रन रेट अब +०.८१६ पुगेको छ। समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ। ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। अफगानिस्तान ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित दोश्रो स्थानमा छ भने ३ खेलमा ४ अंकनै रहेता पनि न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ।

भारत सेमीफाइनल पुग्न बाँकी दुवै खेलमा स्कटल्याण्ड र नामिबियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ र त्यसको साथै न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ। त्यसो भए समान ६ अंक रहेता पनि नेट रन रेटमा भारत अघि जान सक्नेछ। न्युजिल्यान्डले बाँकी दुई खेलमा अफगानिस्तान र नामिबियालाई पराजित गरेको खण्डमा भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। अफगानिस्तान सेमीफाइनल पुग्न अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्नुपर्नेछ भने भारत र न्युजिल्यान्डको समान ६ अंकनै भएता पनि नेट रन रेटमा पछि हुनुपर्नेछ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds