राजपाको तर्फबाट महोत्तरीको पिपरा गाउपालिका अध्यक्षमा रविता कुमारीको उम्मेदवारी

रविताकुमारी स्वर्गीय विनोद चौधरीकी श्रीमती हुन् । बिरामी रहेका अध्यक्ष विनोद चौधरीको गत वैशाखमा काठमाडौँमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।उम्मेदवारी दिँदै रविताकुमारीले आफू श्रीमानको सपना पूरा गर्न आएको प्रतिक्रिया दिइन् ।

अध्यक्ष पदका लागि नेकपाबाट विक्रम चौधरीले उम्मेदवारी दिइसकेका छन् भने समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएकी छन् ।

बिज्ञापन

त्यस्तै अध्यक्षका लागि सीके राउतको पार्टीबाट पनि उम्मेदवारी परेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीकी अन्जु मण्डलले अध्यक्षका लागि उम्मेदवारी दिएकी छन् ।