2024-04-24

Close

अप्पन डेस्क,जनकपुरधाम, मंसिर ११ । संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउत बीच भेटघाट सम्पन्न भएको छ ।
संघीय सरकार शहरी विकास मन्त्रालयबाट प्रदेश नं. २मा जारी विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षणको लागि प्रदेश २को भ्रमणका रहनु भएको मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटघाट सम्पन्न भएको हो ।

भेटको क्रममा मुख्यमन्त्री राउतले विकास निर्माणको कार्यमा एकरुपता ल्याउन तीनै तहका सरकार बीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो ,‘ विकास निर्माणको काम हामीले गर्ने भनेको यहाँको जनताकै लागी हो , तसर्थ तीनै तहका सरकार बीच समन्वय गरेर अघि बढनु पर्दछ ।

मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामको लागी ल्याडफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रह समेत गर्नु भयो ।
छलफलको क्रममा संघीय शहरी विकास मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरी देखी पर्सा सम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै आफनो मन्त्रालयबाट प्रदेश मा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकार संघ समन्वय गरेरै अघि बढने बताउनु भयो ।

भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराउनु भएको थियो ।

भेटमा बन , उद्योग, पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय परमेश्वर साह, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, शहरी विकास मन्त्रालयका पदाधिकारीहरु सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds