2025-06-23

Close

जनकपुरधाम । धनुषामा एकाविहानै भएको मोटरसाईकल दुर्घटनामा परी एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना युवकको अवस्था गम्भिर रहेको छ ।

धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिवा सराबेको सीमामा हुलाकी मार्ग छेउमा दुर्घटना भएको छ । गएराती जन्तीबाट आउँदै गरेका तीन जना सवार मोटरसाईकल दुर्घटना भएको हो ।

धनुषाको महेन्द्रनगरदेखि जन्तीबाट फर्किदै गर्दा तीव्र गतिको कारण दुर्घटना भएको देखिएको छ । घाईतेहरुको अवस्था हेर्दा उनीहरु मापद पदार्थ सेवन गरी सवारी चलाएको स्थानीयहरुले बताएका छन् ।

अनटेस्ट नम्बर प्लेट रहेको मोटरसाईकलमा सवारी धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टिबस्ने एक युवकको घटनास्थलमै मृत्यु भएको छ । सोही वडाका नाथपट्टि बस्ने दुई जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको नाम भने खुल्न सकेको छैनन् ।

आज बिहान करिब ३ बजेको समयमै दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बिहान मर्निँग वाकमा निस्केका व्यक्तिहरुले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेको थियो । तत्कालै आएको प्रहरीले उनीहरुलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यु भएको घोषणा चिकित्सकले गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर