2024-04-25

Close

अप्पन समाचार ।धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए ।

घटनाको चौतर्फी विरोध भइरहेका बेला इन्स्पेक्टर यादवको नेतृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा पक्राउ गरेको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको आरोप लागेको छ ।

उत्खनन् रोक्न गएका दिलीपको हत्या गरेको आरोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

ट्रिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । चौतर्फी आन्दोलन चर्काएका पीडितले इन्स्पेक्टर यादवको सक्रियताले हत्यारालाई पक्राउ गरेपछि त्यहाँका स्थानीयले राहतको महशुस गरेका छन् ।  आन्दोलन केही हदसम्म साम्य भएको थियो । घटनामा प्रहरीकै मिलोमितो रहेको अवाज उठ्न थालेपछि इन्स्पेक्टरर यादवलाई जिल्ला बोलाएका थिए । पछि यादवले २४ घण्टा नबित्दै सबै आरोपलाई पक्राउ गरेपछि, पुनः इलाका कार्यालय ढल्केवर फिर्ता काजमा पठाएका थिए । धनुषा जिल्ला प्रहरीमा हुँदा कुशल ठानिएका  यादवकाे फेरि  प्रशंसा भएकाे छ  ।

घटनाकै दिन जनता टेलिभिजनको मैथिली समाचारमा जानकारी गराउँदै घटना शंकास्पद रहेको भनेका थिए ।  यो घटना संलग्न कसैलाई नछोडने प्रतिवद्वता पनि जनाएका थिए । त्यसको २४ घण्टामै सबैलाई उनले पक्राउ गरेका थिए ।

पछिल्लो समय भएका आपराधिक घटनामा प्रहरीले अनुसन्धान लम्ब्याउँदा चौतर्फी आलोचना भएको हुने गर्थ्यो । तर धनुषाको घटनामा प्रहरीको सक्रियता र इन्स्पेक्टर यादवको सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds