2024-04-25

Close

विपिन कुमार यादव, जनकपुरधाम १९ माघ । सामाजवादी पार्टी धनुषाको कमला नगरपालिकामा अयोजना गरेको पार्टी शुद्धिकरण आभियानमा नगर अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा वडा नं. ७ नया टोलमा शनिबार नगर स्तरीय बि.सु.अभियान सुरुवात गरेको छ ।

नगर स्तरीय पार्टी शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष मण्डलले मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधान स्रोत सम्पन्न प्रदेश मागेपनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए । संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै मण्डलले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए ।

मण्डलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताएका छन । मण्डलले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे । त्यस कार्यक्रममा नगर भित्रका अगुवा , नेताकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थिए । नगर युवा अध्यक्ष राम कुमार साहले अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds