2020-10-23

Close

विपिन कुमार यादव,जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय साँसद प्रदिप यादब कोरोनालाई पराजित गरेर निको भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी फेसबुकमार्फत दिएका हुन् ।

घरभित्र आइसोलेट भएर आत्मअनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको साँसद यादबले बताएका छन् । उनले डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बसने जनाएका हुन् ।

मानवजातिमाथि आएको कोरोना संकट छिटै समाप्त होस् भन्ने श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वरसंग प्राथना समेत उनले गरेका छन् ।

साउन १६ गते साँसद यादबमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर