2024-04-26

Close

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मातृकाप्रसाद यादवले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने गरी संसदीय समितिबाट पारित नयाँ प्रावधानप्रति गम्भीर असहमति जनाएका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मिनी संसदबाट पारित भइसकेको अवस्थामा पूर्वमन्त्रीसमेत रहेका नेता यादवले गम्भीर असहमति जनाएका हुन्।

पार्टीका स्थायी समिति सदस्य रहेका उनले विज्ञप्ती जारी गरेर नागरिकताबारे पार्टीले गरेको निर्णयप्रति पूर्ण असहमति रहेको जनाएका हुन्।
उनले असार ६ मा नेकपा सचिवालयले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने गरी गरेको निर्णय जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनको भावना र मर्म विपरीत रहेको उल्लेख गरेका छन् ।
‘७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र सांस्कृतिक शोषण र मानसिक प्रताडित गर्ने देखिन्छ’, उनले भनेका छन्, ‘यस प्रकारका निर्णयले मधेसी समुदाय मात्रै नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र सम्बृद्धिमा ठूलो कुठाराघात हुने देखिन्छ ।’

राष्ट्रिय एकता आजको आवश्यकता भन्दै उनले नागरिकतासम्बन्धी निर्णयले राष्ट्रिय त्यसमा चुनौती थपिने दावी गरेका छन्। उनले तत्कालीन नेकपा (माओवादी)को देशभक्तिपूर्ण सोचमाथि मण्डले राष्ट्रवादी चिन्तन हाबी भएर अन्तरिम संविधान २०६३ जारी हुँदा मधेस विद्रोह भएको स्मरण समेत गराएका छन् ।

‘समयमै मण्डले राष्ट्रवादी चिन्तनबाट मुक्त भएर देशभक्तिको भावनाले ओतप्रोत भई राष्ट्रिय सहमती अनुसार नागरिकता ऐन संशोधन गर्न गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्दछु’, उनले भनेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds