2024-09-10

Close

महोत्तरी । महोत्तरीमा गोली प्रहार गरि एकजनाको सुनको सिक्री लुटपाट गरि आरोपीहरु फरार भएका छन् । गौशाला नगरपालिका ११ भरतपुर खोर घर भएका नेपाली कांग्रेसका नेता विनोद महतोको छोरा ३५ वर्षीय विनय महतो (मुरारी) गौशालाबाट मोटरसाइकलमा घर जाँदै गरेको अवस्थामा साँझ ६ बजेतिर गौशाला नगरपालिका ५ स्थित मरहा खोलामा लुटेरा समुहले उनको कम्मरमुनि गोली प्रहार गरि उनले लगाएको सुनको सिक्री लुटेर भागेको हो ।

घाइते विनय महतो (मुरारी) लाई गौशालास्थित स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारको लागि हाल प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए । उनले लुटेरा समुहको पहिचान खुल्न नसकेको बताउदै उनीहरुको खोजी भइरहेको बताए ।

लुटेराहरु दुईजनाको संख्यामा रहेको र मोटरसाइकलमा आएको हाल प्रारम्भिक जानकारी रहेको बताउँदै डिएसपी जयसवारले लुटेरा समुहको व्यापक खोजबिन भइरहेको बताए । उनले सुनकै सिक्री लुट्न गोली प्रहार भएको बताइएपनि अनुसन्धानपछि थप कुरा खुल्ने बताए ।  

यता प्रत्यक्षदर्शीहरुले लुटेरा समुहसँग केहिवेर मुरारीको हातापाई भएको बताउँदै दुईजना लुटेरासँग कटुवा पेस्तोल भएको र सिक्री लुट्ननै गोली हानेको बताए । उनीहरुले अन्य मानिसहरु बचाउन खोज्दा लुटेरा समुहले बन्दुक तेर्स्याएर तिमीहरुलाई पनि मार्छु भन्दै भाग्न सफल भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

मुरारी प्रदेश २–००४प – ५५६८ नं. को डिस्कभर मोटरसाइकल चलाएर घर फर्कदै गर्दा उनीमाथि गोली प्रहार भएको हो । यता लुटेराहरुले चलाएर आएको मोटरसाइकल नम्बर भने खुल्न सकेको छैन । जिल्ला प्रहरीबाट एसपी नकुल पोखरेलसहित विभिन्न चौकीहरुबाट प्रहरीबो टोली लुटेरा समात्न तथा घटनाको अनुसन्धानमा खटिएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर