2024-03-29

Close

काठमाडौ :- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा ज्यान गुमाएका इञ्जिनियर सतिस गोइत र बेपत्ता चालक राधाकृष्ण थापाका परिवारजनलाई राहत उपलब्ध गराउन पहल थालेकी छन्।

गत मंगलबार आयोजनाको हेलम्बु गाउँपालिका १ अम्बाथानस्थित १७ नम्बर गेटबाट पानी बाहिर आउँदा गोइतसहित चार जनालाई बगाएकोमा दुई जनाको उद्धार भएको थियो।

उद्धार गरिएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ।

प्रोगेसिभ इञ्जिनियरिङ एशोसिएसन नेपाल प्रदेश नम्बर २ का प्रतिनिधिमण्डलको आइतबार भएको भेटमा मन्त्री मगरले गोइतलगायतका परिवारजनलाई राहत उपलब्ध गराउन आयोजनालाई निर्देशन दिएकी हुन्।

एशोसिएसनले मृतक इञ्जिनियर र बेपत्ता चालकका परिवारजनलाई राहत उपलब्ध गराउन पहल गरिदिन मन्त्री मगरको ध्यानाकर्षण गराएका थिए।

इञ्जिनियर गोइतको शव मेलम्ची खोलामा फेला परेको थियाे। बेपत्ता चालककाे खोजी नेपाल प्रहरी र शशस्त्र प्रहरीले गरिरहेका छन्।

मन्त्री मगरले इञ्जिनियर गोइतका परिवारलाई उचित राहत र बीमालगायतका सुविधा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी हुन्। उनले सिनो हाइड्रोलाई राहत उपलब्ध गराउने प्रक्रिया थाल्न निर्देशन दिएकी हुन्।

नेपालको राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणका क्रममा दुर्घटनामा परी दिवंगत भएका ईन्जिनियर सतिश गोइतको परिवारलाई तत्काल उचित क्षतिपुर्ति उपलब्ध गराउनको निम्ति खानेपानी मन्त्रालयमा मन्त्री बिना मगर समक्ष माग सहित ध्यानकर्षण गराउदै प्रोगेसिभ इञ्जिनियरिङ नेपाल (PEAN) प्रदेश २ का इन्चार्ज ई. राम एकवाल यादव, प्रदेश अध्यक्ष ई. सागर चौधरी, सचिवालय सदस्य ई. श्याम चौधरी लगायतका उपस्थिति रहेको थियोे ।
प्रोगेसिभ इञ्जिनियरिङ एशोसिएसन नेपाल प्रदेश नम्बर २ का सचिवालय सदस्य ई.रोशन कुमार यादवको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds