2024-04-25

Close

विपिन कुमार यादव,जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रदेश २ ‘दो टकीया सरकार’ भएको टिप्पणी गरेका छन् ।

नेशनल इन्जिनियर्स एसोसिएशन नेपालको प्रथम प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘हिन्दीमा एउटा गित छ– २ टकीया की नोकरी, मेरी लाखौं का सावन जाए….। यस्तै अवस्था छ प्रदेश सरकारको ।’

उनले ७ प्रदेशलाई १५ प्रतिशत, ७५३ स्थानीय तहलाई १५ प्रतिशत र ७० प्रतिशत बजेट सिंहदरबार केन्द्रीत भएको भन्दै संघीयताको कार्यान्वयण सही ढंगले नगरिएको गुनासो गरे । उनले भने, ‘सुखि नेपाली, समृद्ध नेपालको नाराले देश समृद्ध हुँदैन । नाराले देश समृद्धि हुन्थ्यो भने यो भन्दा पनि आकर्षक नारा ल्याउथ्यो ।’

‘संघीय सरकारको बजेटमा ६७ प्रतिशत चालु खर्च र ३३ प्रतिशत पुँजी खर्च छुट्याएको छ’, उनले भने, ‘यसलाई यसरी बुझ्नुस् की ३३ रुपैयाको विकास गर्न ६७ रुपैया खर्च गर्छन् । अनी कसरी देश समृद्ध बन्छ ?’ समृद्धिका लागि आर्थिक व्यवस्थापन सही ढंगले गर्र्नुपर्ने उनले तर्क गरे ।

मन्त्री यादवले अधिकार प्राप्त गर्न संघर्षको विकल्प नभएको भन्दै अब सिंहदरबार केन्द्रीत लडाइ लड्ने तयारी गरिरहेको बताए । उनले देशभरका ८८ प्रतिशत शोषित उत्पीडित जनताका अधिकारका लागि अब संघर्ष गर्ने भन्दै तयार भएर बस्न इन्जिनियरहरुसँग अपिल समेत गरे ।

यस्तै भेलालाई सम्बोधन गर्दै जसपाका संघीय साँसद उमाशंकर अरगरियाले ८ कक्षा पढेका व्यक्ति देशको नेतृत्व गरिरहेका कारण देश संकटमा फसेको बताए । इन्जिनियरहरुले नेतृत्व तहमा पुग्नुपर्ने भन्दै उनले भ्रष्टाचारको नाममा इन्जिनियरहरुलाई फसाउने काम भइरहेको बताएका थिए ।

भेलामा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, प्रदेश साँसद प्रमेश्वर साह, मुख्यमन्त्रीका सल्लाहकार जीतेन्द्र यादव, नेशनल इन्जिनियर्स एसोसिएशन नेपालका केन्द्रीय महासचिव इन्जिनियर तपेश्वर यादव, केन्द्रीय सचिव इन्जिनियर सितेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

नेशनल इन्जिनियर्स एसोसिएशन नेपालका धनुषा अध्यक्ष इन्जिनियर दिपक यादव र केन्द्रीय अध्यक्ष इन्जिनियर प्रमोद यादवको अध्यक्षतामा प्रादेशिक भेला भएका थियो । भेलामा प्रदेश २ का आठै जिल्लाका इन्जिनियरहरु सहभागी थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds