2024-04-19

Close

जनकपुरधाम । आर्थिक अभावमै विहे गर्न समस्या भएका २२ जोडीको विश्व हिन्दु परिषद नेपालले जनकपुरधाममा विहिवार राति सामूहिक रुपमा आदर्श विवाह गराइएको छ ।

सीताराम विवाहोत्सवको अवसर पारेर विहीबार आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा प्रदेश २ को विभिन्न जिल्लाका २२ जोडीको विवाह सम्पन्न भएको हो । परिषदको धनुषा जिल्ला कार्यसमितिले जानकी मन्दिरको प्रांगणमा आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा धनुषा,सिरहा,सप्तरी, महोत्तरी लगायतका जिल्लाका जोडीहरुले विहे गरेका छन् ।

परिषदले आर्थिक अभावकै कारण कतिपय व्यक्तिहरु विहे गर्नेबाट वञ्चित हुने गरेको र दाइजोको न्यूनीकरण गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सीताराम विवाहोत्सवको भोलिपल्ट सामूहिक विवाह कार्यक्रमको आयोजना गर्दै आएको छ । सामूहिक विवाहमा सहभागी भएकाहरुलाई विहे गर्नुपूर्व बाजागाजाका साथ जनकपुरधाम नगर परिक्रमा गराइएको थियो ।

स्थानीय कलवार कुटीबाट निस्केको जुलुश नगर परिक्रमा गर्दै जानकी मन्दिरको प्रांगणमा गइ सामूहिक विवाह कार्यक्रममा परिणत भएको थियो । प्रत्येक नवविवाहिता जोडीलाई ११/११ थान कपडा ,दुल्हीलाई दुइ/दुइ तोला सुनको गहना, श्रृंगार सामग्री,एक/एक थान ओछ्यान ,खाना पकाउने चुल्हो, कुकर लगायतका भाँडाकुडा समेत दिइएको परिषदका धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले जनाए ।

दाताहरुले गरेको सहयोगले परिषदले दुइ दिन सम्म नवविवाहिता जोडीका परिवारजन तथा कुटुम्बहरुलाई निःशुल्क भोजनको व्यवस्था समेत गर्ने गरेको छ ।परिषदले थालेको सामूहिक विवाह कार्यक्रम तराइ मधेशको समाजमा व्याप्त दाइजो जस्तो कुप्रथा विरुद्धको अभियानको रुपमा रहेको परिषदका सन्त समितिका प्रदेश २ प्रमुख महन्थ लक्ष्मण दास वैष्णवले बताए ।

उनले भने, ‘परिषदको मुख्य उद्देश्य समाजमा व्याप्त दाइजो जस्तो कुरीतिको अन्त्यको एउटा सानो प्रयास हो,सभ्य समाजको निर्माण गर्न यसलाई परिषदले अभियानकै रुपमा लिएको छ।’ कतिपय व्यक्तिले आर्थिक अभावको कारण विहेबाटै वञ्चित हुने गरेको उनले बताए ।

उनले दाइजोको अभावकै कारण अनमेल विवाह हुने सहितका समस्या निराकरणको लागि औपचारिक रुपमा वर्षको एक पटक हुने गरेको भएपनि प्रत्येक दिन परिषदले यस्ता विवाहमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds