

जनकपुरधाम । किसान आन्दोलनको समर्थन जनाउँदै जनमत पार्टी धनुषाले बुधबार जिल्लाभर चक्काजामको घोषणा गरेको छ ।
जनमतका धनुषा आन्दोलन समितिका दीपनारायण यादवले एक विज्ञप्ति जारी गरी धनुषा जिल्लाभरि चक्काजामको आह्वान गरेका छन् ।
बिज्ञापन



आज साँझ धनुषाको विभिन्न स्थानमा मसला जुलुस र भोली बुधबार चक्काजामको घोषणा गरिएको छ । साथै बुधबार धनुषाको सदरमुकाम जनकपुरधाममा विशाल रैली गर्ने जनाइएको छ ।
