जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ४ कमला समुदायिक अध्ययन अनुसंन्धान केन्द्रको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर धर्मशाला सघारा चोकमा जानकी आँखा अस्पतालबाट खटिएका डाक्टरहरुद्वारा आँखा चेकजाँच भएको हो । मंगलबार बिहान १० बजे देखि सुरु भएको नि:शुल्क आँखा शिविरमा १६० जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो ।
निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो भने सो शिविरबाट ५५ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया ने.रे.सो. वृज लाल सोमिन्त्रा आँखा उपचार केन्द्र, यदुकुहामा हुनेछ । कमला समुदायिकका संचालक मनिक लाल मण्डलले जानकारी दिए ।