2024-04-27

Close

जनकपुरधाम । धनुषाको बटेश्वर गाउपालिका-५ शान्तिपुरमा आयोजित दुर्गा मेलामा खुलेआम जुवातास भइरहेको छ ।

बडादसैँको अवसरमा लागेको दुर्गा मेलामा विगत एक सातादेखि जुवातास चल्दैछ । जुवा खेलाउन टेन्ट नै लगाएको छ । रातभर जुवातास चल्ने गरेको स्थानीय बताउँछन् । यहाँ प्रहरी सुरक्षामै जुवातास खेलाइएको छ ।

लाखौंको हारमार भइरहेको जुवातासको निश्चित कमिसन दिएकाले प्रहरी मुकदर्शक बनेको स्रोतले बताएको छ ।

शान्तिपुरको दुर्गा मेलालाई ‘जुवा मेला’ पनि भन्ने गरिन्छ । हरेक वर्ष यहाँ जुवा खेलाइन्छ । जुवा आयोजना गर्नेहरु ‘बाउन्सर’ समेत राखेका छन् । जुवातास खेलिरहेको फोटो खिच्न रोक लगाइएको छ । स्थानीयका अनुसार कसैले दृष्य कैद गरेका थाहा पाए बाउन्सरले मोवाइल वा क्यामेरा खोस्छन् ।

धार्मिक मेलामा खुल्ला मदिराको अवैध कारोबारसमेत भइरहेको छ । प्रशासनले ‘आरकेस्ट्रा’ प्रोग्राममा प्रतिबन्ध लगाएको छ । तर यहाँ किशोरीहरूलाई ल्याएर ‘आरकेस्ट्रा’ प्रोग्राम गरिन्छ । मदिरा सेवन गरेर जुवाडेहरु रातभर जुवातास खेल्ने गरेको स्थानीयको भनाई छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेका छन् । मेलामा केही युवाबीच गएराति विवाद हुँदा महेन्द्रनगरका इन्सपेक्टर तिलक सुनार आफैं पुगेका थिए । तर, जुवातास खेलिरहेपनि नदेखे झैं गरेर फर्किएका छन् ।

इन्सपेक्टर सुनारले मेलामा जुवातास भइरहेको गलत रहेको दावी गरे । उनले भने, ‘तपाईंलाई कसैले गलत भन्यो । म अहिले पनि मेलामै छु । जुवातास चल्दैन ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds