2024-05-08

Close

जनकपुरधाम । जटही भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ । सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ ।

काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ ।

नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको पाइएको हो । क्यासलेस’ भन्सारको काउन्टरमा कर्मचारी नगद घूस लिएर मात्रै सेवा दिंदा भारतीय यात्रु नेपालमा ठगिएका छन् ।

भन्सारका कर्मचारीले प्रज्ञापन पत्र लिने काउण्टरमा कार्यालय सहयोगी बैजनाथ कर्णलाई खटाएर निःशुल्क सुविधा प्राप्त गर्ने भारतीय सवारी साधन बाहकबाट घूस असुल गर्दै आएका छन् । कार्यालयमा भेटिएका भन्सारका नायब सुब्बा मनोज महतोले क्यासलेस काउन्टरमा कर्मचारीले नगद कारोबार गर्न नमिल्ने बताए ।

भन्सारका कर्मचारी नगद रुपैयाँ लिने व्यवस्था छैन, महतोले भने, ‘कर्मचारीले आपूmखुशी अतिरिक्त रकम लिनु गलत हो । यस विषयमा थाहा भएन् ।’ भन्सारको सबै आर्थिक कारोबार बैँक काउन्टरबाट भइरहेको छ- उनले भने ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासले निःशुल्क सुविधा वापत शुल्क लिने भन्सारका कर्मचारीलाई कारवाही गरिने बताए । भन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए । राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारीबारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds