सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीलाई सम्मान!

रुपन्देही । सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीलाई राजकीय बुद्ध विहार लुम्बिनीले सम्मान गरेको छ । लुम्बिनी सशस्त्र सुरक्षा बेस क्याम्पमा कार्यरत रहँदा उनले लुम्बिनीको सुरक्षाको काम तथा अन्य रचनात्मक कार्यमा लेखेको भूमिकाप्रति प्रशंसासहित सम्मानपत्र प्रदान गरिएको हो ।

उनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवाल विराकुनले सम्मानित गरेका थिए । यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्याउने सश​स्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने , राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको छ ।

बिज्ञापन