2024-04-19

Close

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको १६७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले ४, डार्यल मिचेलले अविजित ७३, कप्तान केन विलियम्सनले ५, डेभोन कोनवेले ४६, फलेन फिलिपले २, जेम्स नीशामले २६ रन र मिचेल सान्टनरले १ रन बनाएका थिए ।

त्यस्तै इङल्याण्डका बलर क्रिस वोक्स र लियाम लिभिंगस्टोनले २-२ विकेट लिएका थिए भने आदील राशिदले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

इङल्याण्डका लागि डविड मलानले ४१ रन बनाए भने जोस बटलरले २९ रन बनाएका थिए ।

त्यसैगरी जोनी बैरस्ट्रवले १३ रन बनाएका थिए । त्यस्तै मोइन अलीले अविजित ५१ रन बनाएका थिए भने लियाम लिभिंगस्टोनले १७ रन र कप्तान इयोन मोर्गनले अविजित ४ रन बनाए ।

त्यस्तै न्यूजील्याण्डका बलर टिम साउथी, एडम मिल्ने, जेम्स नीशाम र इश सोढीले एक एक विकेट लिए ।

यो जितसँगै न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

अब न्यूजील्याण्डले फाइनलमा पाकिस्तान र अस्ट्रेलियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने खेल्ने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds