2024-04-24

Close

काठमाडौं : चुनावी तयारीमा लागेको जनमत पार्टीले ‘अपरेशन बुथ–बुथ मजबुत अभियान सफल बनाउन अध्यक्ष डा.सीके राउतले आह्वान गरेका छन् ।

दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समिति बैकले पाँचबुँदे निर्णय गर्दै यस्तो अपिल गरेको हो । सो अभियान सफल बनाउन पर्यवेक्षकहरुसमेत तोकिएको छ ।

अभियानलाई भव्यताका साथ सम्पन्न गर्न समस्त नेता तथा कार्यकर्ताहरुमा आह्वान गर्दै अध्यक्ष राउतले शुभकामनासमेत व्यक्त गरेका छन् ।

यसैगरी, मंसिर २८ र २९ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पारित गरेका निर्णयहरु लागू गर्न र ल्याएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक गृहकार्य गरी अगाडि बढाउने केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।

सो केन्द्रीय समितिको बैठकमा प्राप्त प्रतिवेदन र प्रगति विवरणहरुलाई जिल्लागतरुपमा समीक्षा गर्दै हरेक जिल्लालाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, पुस ५ गते सोमबार विभिन्न जिल्लामा हुने जिल्ला समन्वय समितिको पूर्ण बैठकमा केन्द्रबाटै तोकेर प्रशिक्षक पठाउने र बैठकलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक निर्देशिका र प्रशिक्षण सामग्रीसमेत उपलब्ध गराइने जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds