2024-04-19

Close

न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत आज ( नोभेम्बर १७ ) देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुँदैछ। टि-२० विश्वकपको उपविजेता न्युजिल्यान्ड विश्वकप सकिएलगत्तै भारत भ्रमणमा आएको हो।

सिरिज अन्तर्गत पहिलो खेल नेपाली समय राति ७:१५ बजे भारतको जयपुर स्थित सवाई मानसिंह स्टेडियममा सुरु हुनेछ।

सिरिजमा भारत पहिलो पटक राहुल द्रविडको मुख्य प्रशिक्षण तथा रोहित शर्माको कप्तानीमा खेल्नेछ। बिराट कोहलीले टि-२० कप्ताने छाडेपछि रोहितले कप्तानी पाएका हुन्। सिरिजमा बिराट कोहली सहभागी छैनन् जो यस पछि हुने दुई टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्टमा कप्तानको रुपमा फर्कनेछन्। सिरिजमा जस्प्रित बुम्राह, मोहम्मद शामी, रभीन्द्र जडेजा, हार्दिक पान्ड्या र शार्दुल ठाकुर जस्ता खेलाडीहरुलाई भारतले आराम दिएको छ।

युएईमा सम्पन्न टि-२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो जुन क्रममा भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पुरा गरेको थियो। उक्त हारको बदला लिने अवसर भारतसंग छ। कप्तान केन विलियमसन बिना मैदान उत्रने न्युजिल्यान्डको कप्तानी टिम साउदीले पाएका छन् जो विश्वकपकै लय दोहोर्याउन चाहन्छन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने भारत र न्युजिल्यान्ड बीच खेलिएका १५ वटा खेल मध्ये ९ वटामा न्युजिल्यान्ड र ६ वटा खेलमा भारत विजयी भएको छ।

भारतको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, श्रेयस ऐयर, रिशभ पन्त ( विकेटकिपर ), रभीचन्द्रन आश्विन, अक्षर पटेल/हर्षल पटेल, भुवनेश्वर कुमार/मोहम्मद सिराज, दिपक चाहर युजभेन्द्र चहल

न्युजिल्यान्डको सम्भावित ११ : डेरेल मिचेल, मार्टिन गप्टिल, मार्क च्यापम्यान, ग्लेन फिलिप्स, टिम सेफर्ट ९ विकेटकिपर ), जेम्स निशम, मिचेल स्यान्टनर, एडम मिल्ने/कायल जेमिसन, टिम साउदी ( कप्तान ), इश सोढी, ट्रेन्ट बोल्ट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds