2024-03-29

Close

जनकपुरधाम, धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ डिल टोल बस्ने मजिबुल मिया कवारीको छोरी मुस्कान खातुनको २०७८ कार्तिक ९ गते विवाह रहेको थियो ।

सोही विवाहमा भारतको जिल्ला मधुवनी देउधा ग्राम पंचायत वडा नं. १४ वस्ने मोहम्मद अतावुल राईनको श्रीमती जुमैदा खातुन र निजको छोरा बर्ष ४ को मोहम्मद अरमान राईन समेत आएकोमा बिवाहको भिडभाड रहेको अवस्थामा निज अरमान राईन आफ्नो आमालाई पछ्याउँदै गाणेशमान चारनाथ न.पा.वडा नं.११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्ली केरा घारी छेउमा एक्लै रुदै वसेको अवस्थामा जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई थाहा जानकारी नदिई अपहरण गरेका थिए ।

त्यसपछी आफ्नो घरको कोठामा लगी नुरेजा खातुन र जाकिर मलङ्गले अरमान राईनको नाक मुख समेत आफ्नो हातले थुनी घाटी थिची निजले लगाएको सर्ट (कपडा ) खोली सो सर्ट घाँटीमा कसी कर्तव्य गरी हत्या गरेका थिए ।

हत्या पछी सोही रातीको अरमान राईनको मृत लाश जाकिर मलङ्गले बोकी गणेशमान चारनाथ न.पा.वडा नं.२ स्थित रहेको लाल बिहारी महतोको पानी पोखरीमा फालेको अवस्थामा स्थानिय मानिसहरुले खोजतलासको क्रममा फेला परेको थियो ।

प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनललाई खोज तलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २०७८।०७।१६ गते पक्राउ गरी धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भएको थियो ।

अनुसन्धना पश्चात जाकिर मलङ्ग र नुरेजा खातुन समेतलाई धनुषा जिल्ला अदालत धनुषामा पेश गरेकोमा २०७८।०८।१३ गते धनुषा जिल्ला अदालतको आदेशानुसार दुवै जनालाई पुर्पक्षको लागी कारागार कार्यालय सिन्धुली पठाईएको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds