जनकपुरधाम । प्रदेश २ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । बिहान ९ बजे सुरु भएको निर्वाचन राति ८ बजे सम्पन्न भएको हो ।
निर्वाचनमा १८८१ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । समितिका अधिकृत प्रल्हाद गौतमका अनुसार कुल १९५१ मतदाता थिए ।
कांग्रेस प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा समुहबाट कृष्ण राय यादव र नेता बिमलेन्द्र निधि तथा शेखर काेइरालाकाे संयुक्त समुहबाट रामसराेज यादवले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।