अप्पन जनकपुर
जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र चामल बरामद गरेको छ । बिहीवार प्रहरीले २ लाख ७१ हजार १ सय बराबरको विभिन्न किराना सामानहरु, चिनि र चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक चन्दकिशोर साहको कमाण्डमा खटिएको टोलीले धनुषाको बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा सो सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सो सामग्रीहरु आवश्यक कारवाहीको लागी शुक्रवार जनकपुर भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।