2024-04-28

Close

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको गम्भीर लापरवाही घटना छानविन हुने भएको छ।

अस्पतालले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना समाचार मार्फत सार्वजनिक भएपछि यसलाई गम्भीर रुपले लिइएको छ ।

मंगलबार बसेको मधेश प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, रानीशर्मा तिवारी र मनिष सुमनले आवाज उठाएपछि सभामुखले छानविन गर्न निर्देशन दिएका हुन्।

सभामुख सरोजकुमार यादवले महिला बालबालिका तथा समाजिक न्याय समितिलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। समितिका सभापति जयनूल राईनले बुधवार समितिको बैठक डाकेको र आवश्यक निर्णय बैठकबाटै लिइने बताए। छानविनमा खटिएर बिरामीको अवस्था बुझ्नेदेखि लिएर चिकित्सकको लापरवाहीलाई मिहिन ढंगले छानविन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने तयारी थालेको उनले बताए ।

बिरामीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभा चौधरीको अवस्था गम्भीर बनेको छ ।
उनको उपचार अहिले काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा भइरहेको छ । गत असार १३ गते प्रादेशिक अस्पतालमा बिनाचेक जाँचनै अप्रेसन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

२८ फागुन २०७८ मा नै बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए।

शल्यक्रिया पश्चात अवस्था गम्भीर भएर चेकजाँच गर्दा विभा गर्दा चार महिनाको गर्भवती भएको जानकारी प्राप्त भएको थियो ।

यता शल्यक्रियामा संलग्न चिकित्सकहरुलेय आफ्नो कुनै गल्ती नरहेको भन्दै कानीनी डण्डाबाट उम्किन खोजिरहेका छन् ।

पीडित परिवारले उपचारमा लापरवाही गर्ने संलग्न चिकित्सकहरुलाई कडा कारबाहीको साथै क्षतिपुर्तिको माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds