2024-03-29

Close

 

 

कपिलवस्तु, चैत्र २३

 

लुम्बिनी प्रदेशमा चुनावी गठबंधनमा आबद्ध दलहरूमा विभिन्न नेताहरूको उपस्थितमा स्थानीय चुनावमा गठबंधन लाई व्यवहारिक रूपमा कार्यन्वयन गर्न प्रेस विज्ञप्ति जारी गरेको छ l

 

उक्त प्रेस विज्ञप्तिमा सबै स्थानीय तहमा गठबंधन संयन्त्र निर्माण गरि नियमित बैठक बसि मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने, स्थानीय पालिका र जिल्लाहरूले गरेका सहमति लाई सकारात्मक रूपमा ग्रहण गर्ने, कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरि स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने, प्रदेश र जिल्लामा आवस्यकता अनुसार गठबंधन दलको नियमित बैठक बस्ने, गठबंधन को आवस्यकता र महत्वबारे जनस्तरमा बोध हुने गरि प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने, हाल सम्म जिल्लाले गरेको गठबंधनको सकारात्मक पहल हरु लाई स्वागत सहित अझ प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गर्दै ६ बुदे प्रेस विज्ञप्ति जारी गरिएको छ l

उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव तथा राष्ट्रीय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलम सहितको हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरिएको छ l

जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds