काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । सिंहले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।
नवनियुक्त आईजीपी सिंह हाल केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा कार्यरत छन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी शैलेश थापा क्षेत्रीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा सिंहलाई बढुवा गरिएको हो ।