2024-04-25

Close

श्याम गुप्ता
बारा, २७ बैशाख
नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले चुनाव जित्नका लागि नेकपा एमालेकी उम्मेदवार सरस्वती देवी चौधरी माथी निरन्तर तथ्यहिन प्रहार गर्न लगाएको तथ्य खुलेको छ । आफ्नों पार्टी निकटका केही सञ्चारगृह र पत्रकार प्रयोग गरेर माओवादीका उम्मेदवार पौडेलले महिला उम्मेदवार चौधरीको चरित्र हत्या गरेर जनमत बटुल्न सक्रिय रहेको खुलेको हो । माओवादीका उम्मेदवार पौडेलले माओवादी निकट पत्रकालाई विषय दिएर समाचार लेख्न र त्यसलाई सम्प्रेषण गर्न लगाउँने गरेको बताइएको छ । एमाले उम्मेदवार चौधरीलाई अख्तियारले सोधपुछका लागि पठाएको पत्र समाचार र सामाजिक सञ्जालमा ल्याएर मत बटुल्ने पौडेलको प्रयासलाई नगरबासीले रुचाएका छैनन् । अर्को उम्मेदवारको चरित्र हत्या गरेर आफ्नों पक्षमा जनमत बटुल्न थालेको भन्दै पौडेललेको चौतर्फी आलोचना हुँन थालेको छ । निष्पक्ष रुपमा आफ्नों एजेण्डा लिएर चुनावमा जानु पर्ने भए पनि माओवादीका उम्मेदवार पौडेल एमालेका उम्मेदवारको चरित्र हत्या गर्ने र आफ्नों मत बढाउँने रणनितिमा लागेको चर्चा स्थानीय स्तरमा भईरहेको छ । यस अघि सामाजिक सञ्जालमा आएको एउटा भिडियोमा माओवादीका उम्मेदवार पौडेलले वर्तमान नगर प्रमुख डा.कृष्ण पौडेललाई असफल बनाउँन नगर प्रमुखकी उम्मेदवार चौधरी सहिँत एमाले नेता लागि परेको अभिव्यक्ति दिएका थिए । पौडेलको उक्त अभिव्यक्ति एमाले भित्र फूट गराउँने र आफ्नों पक्षमा मत बटुल्ने प्रयास रहेको एमाले नेता बताउँ छन् । माओवादी उम्मेदवार पौडेल माथी एमालेको स्थानीय सरकारलाई असफल बनाउँन प्रमुख भूमिका खेलेको आरोप लागे पछि उनले आफ्नों बचाउ गर्दै एमाले नेतालाई दोषी देखाएका हँुन् । यस अघि मत माँग्ने क्रम मै माओवादीका उम्मेदवार पौडेलले वडा नं.३ मा खानेपानीको योजना माओवादीको मन्त्रीको पहलमा भएको भन्दै मत माँगेका थिए । मत माँग्ने क्रममा पौडेलले बोलेको उक्त अभिव्यक्ति पनि झुठो रहेको भन्दै स्थानीय स्तरमा उनको चर्को आलोचना सुरु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds