2024-04-25

Close

जनकपुरधाम । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै लोकतान्त्रिक युवा संग र लोकतान्त्रिक विद्यार्थी संघले जनकपुरधाममा संयुक्तरुपमा गठबन्धन सरकारको पुतला दहन गरेका छन् ।

सरकारले सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएकोले तत्काल मूल्य घटाउनु पर्ने युवाहरुले माग गरेका छन् ।

उनीहरुले जनकपुरको भानु चौकमा विरोध प्रर्दशन गर्दै मूल्यवृद्धि घटाउन र नागरिकप्रति जिम्मेवार बन्न प्रधानमन्त्री शेर बहादुर देउवा सहित सरकारको पुतला दहन गरेका छन् । जनताको ढाड सेक्ने गरी गरिएको ज्यादतीपूर्ण मुल्यबृद्धि प्रति सरकारको ध्यानाकर्षण नभए सशक्त आन्दोलनमा उत्रने लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले चेतावनी दिए ।

जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए । कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले जनताको कर, एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको शंकटको बेलामा अविभावकत्व लिनुपर्छ, अध्यक्ष झाले भने ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठिक नभएको लोकतान्त्रिक विद्यार्थी संघ धनुषाका अध्यक्ष ईजाज अन्सारीले बताए । सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनी समेत दिए ।

निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताए ।

प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर बिरोध गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds