राजविराजबाट ११ दिनदेखि बेपत्ता रहेका गिरिष देव घर फर्किए

राजविराज । सप्तरीको राजविराज नगरपालिका-५ घर भएका १७ वर्षीय गिरिष देव ११ दिनपछि घर फर्किएको छ।

उनले ११ दिन अगाडि घरबाट कोचिङ पढ्न भनी हिँडेका थिए। देव ११ दिनमा शनिवार घर फर्केका छन् । गिरिष बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।

बिज्ञापन

आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर अघिल्लो दिन फोन गरेका गिरिष शनिवार घर आइपुगेका हुन् ।

गिरिष घर फर्केपछि अभिभावकसहित शनिवार जिल्ला प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गरी परिवारको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले बताए । उनको परिवारजनले गिरिषलाई खोजतलास गर्न सबैलाई हारगुहार गरेका थिए ।