नेकपा एमालेको धनुषा जिल्ला अध्यक्ष पदका चर्चामा रहेका यि हुन दाबेदारहरु

जनकपुरधाम । नेकपा एमाले धनुषाको नयाँ नेतृत्व चयनका लागि बैशाख २० गते जिल्ला अधिवेशन निश्चित गरेको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला ईन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले ८ औं धनुषा जिल्ला अधिवेशनको लोगो र नारा सार्वजानिक गरिन ।

देशको ७७ मध्ये ७६ जिल्लाको अधिवेशन भइसकेको छ भने धनुषा अधिवेशन ७७ औं नम्वरमा हुन लागेको हो । वतर्मान धनुषा अध्यक्ष राजकिशोर यादवको अगुवाईमा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्री महतोले तिन दिवसीय अधिवेशनमा बाहिरि कुनै पनि सहयोग नलिई आफनै पार्टीको बलबुत्तामा आयोजना गर्न लागेको बताईन ।

बिज्ञापन

धनुषा जिल्लाको समृद्वि र सुखीको आधार तिनै तहमा एमाले सरकार मुल नाराको साथ सार्वजानिक गरिएको अधिवेशनको लोगोमा जानकी मन्दिर माथी सुर्य उदाएको गोलो आकृती छ । सो अवसरमा पार्टीका नेता सुमन प्याकुरेल, प्रतिनीधिसभा सदस्य प्रतिक्षा तिवारी सहितको उपस्थिती रहेको थियो ।

१. भोला यादव – वर्तमान उपाध्यक्ष

२. सन्तोष यादव – प्रदेश सांसद, प्रत्यासी

३. जयप्रकाश सुरैत यादव – मेयर प्रत्यासी, राजनीतिक अनुभव र जनाधारमा बलियो

४. सुरेन्द्र भण्डारी – जउबा संघ अध्यक्ष

५. लक्ष्मी यादव – पूर्वसचिव, एमाले पार्टीमा लामो योगदान

६. अनिल यादव – पूर्वमेयर, मिथिला विहारी

७. राजकिशोर यादव – वतर्मान अध्यक्ष, एमाले धनुषा