2024-04-23

Close

काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा बिभागले काठमाण्डौंमा ‘राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न गरेको छ। ‘संघिय हिन्दु गणतन्त्र नेपाल’ को मुल नारासहित आयोजना गरिएको ‘काठमाण्डाडौं सम्मेलन’ मा नेपाललाई हिन्दु राष्ट्र वनाउने विषयमा ब्यापक छलफल भएको छ।

सम्मेलनका प्रमुख अतिथी तथा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गरे ।

विदेशी डलरको लालचमा फसेका विचौलीया नेताहरुलेसंघीयताको नाममा नेपालमा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्षता कायम गरेको उनको आरोप छ ।

‘हामी संघीयता विरोधी होइनौँ तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन’ युवालाई सम्वोधन गर्दै यादवले भने–‘हामी लोकतन्त्र पक्षधर भएकाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी राख्छौं।’

धर्मनिरपेक्षताको नाममा हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथि प्रहार गर्ने मात्र नभई मुलुकलाई भ्रष्टाचारको अखडा वनाईएकोमा समेत यादवले चिन्ता ब्यक्त गरे ।

अभियानमा आवद्ध युवाहरुले अव हिन्दु राष्ट्रका लागि मात्र नभई देशलाई भ्रष्टचार र भ्रष्ट मुक्त वनाउने दायित्व पनि काँधमा बोक्नु पर्ने विचार ब्यक्त गरे ।

युवा बिभागका संयोजक कृष्ण यादवको अध्यक्षतामा आयोजित सम्मेलनमा दिल्ली विश्वविद्यालयकी निर्देशक डा. गीता, अभियानका संरक्षक एबम् नोवेल मेडिकल कलेजका निर्देशक डा. निरञ्जनकुमार, अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह, केन्द्रीय सदस्य चन्द्र यदुबंशी, राजेश हिन्दु सम्राट, मनीष पुर्बे, गीता तिमल्सिना, उद्योग बणिज्य संघ किर्तिपुरकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्य लगायतले आफ्नो विचार ब्यक्त गरेका थिए ।

सम्मेलनमा राष्ट्रिय एकता अभियान निकट राष्ट्रिय विद्यार्थी परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहा, सदस्य संतोष यादव, डा. दीपेश केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds