

जनकपुरधाम । धनुषा प्रहरीले ३८ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय यदुकूहाले बेच्नको लागि लैजाँदै गरेको ३८ वटा कुखुरा समातेर नष्ट गरेपछि तस्विर सार्वजनिक गरेको हो ।
भारतबाट भन्सार छली गरी शहिदनगर नगरपालिकाको यदुकूहा तर्फ लैजाँदै गरेको अवस्थामा कमला नगरपालिका वडा नं. २ सराबेस्थितबाट कुखुरा पक्राउ गरेको हो । सराबेको केही भाग शहिदनगर नगरपालिकामा समेत पर्ने गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकूहा प्रहरी निरीक्षक चन्द्र किशोर साह जानकारी दिए ।



मोटरसाईकलमा लैजाँदै गरेको अवस्थामा १ क्वीन्टल १४ किलो कुखुरा प्रहरीलाई देख्नासाथ कुखुरा फालेर भागेको प्रहरीले जनाएको छ । मोसामा लादिएको सो कुखुरा मोटरसाईकलबाट फालेर भागेको प्रहरीले उदृत गरेको छ ।

पक्राउ गरिएको कुखुरा स्थानीय जनप्रतिनीधि, पत्रकार, अधिकारकर्मी, स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।