जनकपुर : प्रादेशिक अस्पतालबाट नीजि अस्पतालमा विरामी लैजाने २ दलाल पक्राउ

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालबाट विरामीलाई डायभर्ट गरी नीजि अस्पतालमा लैजाने २ दलाल पक्राउ परेका छन् ।

जनकपुरमा शनिबार निजि अस्पतालका चिकित्सकहरुको दलाल पक्राउ परेका छन ।

बिज्ञापन

प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आएकी विरामीका कुरुवालाई फकाएर निजि अस्पतालमा विरामीलाई उपचार गराउन सल्लाह दिने कर्ममा ती दलाल पक्राउ परेका हो ।

शनिबार बिहानको समयमा मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह अनुगमनमैं रहेको बेला निजी अस्पतालका लागि विरामीलाई लग्न खटीएका दलाललाई प्रादेशिक अस्पतालबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय धनुषालाई बुझाईएको छ ।

आजभोलि जनकपुरमा निजि अस्पताल र सानो क्लिनिक किराना पसल झै खुलेको छ । ती निजि अस्पताल र क्लिनिकका चिकित्सक र औषधि व्यवसायीहरु जनकपुरमा विरामीहरुलाई आफुतिर तान्न अनेक किसिमका दलालहरुलाई पालेर खटाइएको छ ।

त्यसले कमिसनको चक्करमा विरामीलाई जस्तोसुकै उपचार गरि रुपैयाँ लुटने काम दिनहुँ भैरहेको हुँदा पनि सम्बन्धित निकायहरु मौन देखिएको छ ।