
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले होलीमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले एक सूचना जारी गर्दै होलीको माहौलमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन भन्दै मोटरसाईकलमा दुई जना भन्दा अधिक जना बसेमा दिनभरि बसाएर राख्ने चेतावनी समेत दिएको हो । मोटरसाईकलमा दुई जनाभन्दा अधिक बस्दा दुर्घटनाको सम्भावना उच्च हुने गरेको भन्दै ट्राफिक प्रहरीले त्यस्तो अवस्थामा पक्राउ परेमा दिनैभरि कार्यालयमा होल्ड गर्ने चेतावनी दिएको हो ।




होली पर्वको दिन समेत ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन समेत अनुरोध गरेको हो । मोटरसाईकल चलाउदा अनिवार्य रुपमा हेल्मेटको प्रयोग गरी हेल्मेटको पेटी समेत बाधेर चलाउन आग्रह गरेको हो । होली मनाउने नाममा अनियन्त्रित रुपमा तिब्र गतिमा सवारी चलाउने, अर्धनग्न शरिर देखाएर हो–हल्ला गर्दै मोटरसाईकल चलाउने कार्य गरेमा तत्कालै नियन्त्रणमा लिएर अबेर साँझ मात्र प्रक्रिया पूरा गरेर रिहा गर्ने बताएको हो ।

सडकलाई होली मनाउने स्थलको रुपमा प्रयोग नगरौं ।, ट्राफिक नियमको पालना गरी दुर्घटना हुनबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं। भन्दै ट्राफिक प्रहरी धनुषाले जिल्लावासीमा अनुरोध गरेको हो ।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          