जनकपुरमा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु, गृहमन्त्री लामिछाने गरे समुद्घाटन

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितमा जनकपुरधाममा मधेश प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ ।

गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका हुन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् ।

बिज्ञापन

गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिए ।

गोष्ठीअघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसँग र मिटरब्याज पीडितहरुसँग समेत छलफल गरेका थिए ।

मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता गृहमन्त्री लामिछानेले जनाएका छन् ।