बलात्कार मुद्दाका कैदी मोहमद अहमद कोशी अस्पतालबाट फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार भएका छन्।

बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय मोहमद अहमद अस्पतालबाटै फरार भएका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् ।

शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएका थिए।

जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो।