जनकपुरधाम । सिरहाको नवराजपुर गापा १ भगवतीपुरकी रिंकुकुमारी सदायको सामूहिक बलात्कार घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् ।
सिरहा नगरपालिका १७ दशगजा क्षेत्रबाट रुपेशलाई पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । विहानपल्ट गाउमा पंचायत बसेर पीडित परिवारलाई दबाब दिदै घटना दबाउन खोजिएको थियो ।
पञ्चायतीमा दबाब दिएको विहानपल्ट माघ ३० मा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
पीडित परिवारले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी दिएका छन् । ति मध्ये रुपेश पक्राउ परेका छन् भने अन्य सात जना फरार छन् ।