जनकपुरधाम । प्रहरी चौकी ठाढी झिझामा ६ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी असई प्रेमशंकर ठाकुरलाई विदाई गरिएको छ ।
करिब ६ महिना प्रहरी चौकी ठाढी झिझामा इन्चार्ज रहँदा असई प्रेमशंकर ठाकुरले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । विभिन्न मुद्दामा फरार रहेका प्रतिबादीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको छ । त्यस्तै ८ लाख बराबरको भन्सार छलिको समानहरु पक्राउ गरि बुझाएको स्थानियको मन मस्तिष्कमा बस्न सफल भई असई ठाकुरले आफ्नो सफल कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि आज जिल्ला प्रहरी कार्यालय धनुषा जानुभएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका असई ठाकुर आफ्नो कार्यकालमा विवादरहित बनाए । असई ठाकुर आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् । आफ्नो कार्यकाल सफलतापूर्वक विताएको र शान्ति सुरक्षा कायम राख्न ठूलो योगदान गरेको भन्दै प्रहरी असई प्रेमशंकर ठाकुरलाई स्थानीयले सम्मानका साथ विदाई गरेका छन् ।