बर्दिवासबाट ५४७ किलो गाजासहित एक जना पक्राउ

बर्दिवास । महोत्तरी प्रहरीले ५ सय ४७ किलो लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुलीबाट वर्दिवासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको मिनि ट्रक जाँच गर्दा उक्त परिमाणको गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा महोत्तरीको बर्दिवास–गौरीडाँडास्थित बीपी राजमार्गमा मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा लागुऔषध गाँजासहित चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ घर भई हाल काठमाडौं बस्दै आएका करिब ३७ वर्षीय सलिन मगर रहेका छन् ।

बिज्ञापन

बर्दिवास नगरपालिका–३, गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका ईन्सपेकटर सरोज कुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त मिनि ट्रकलाई जाँच गर्दा फल्स बटन बनाई लुकाइएका ३५ वटा पोका गाजा बरामद गरेको हो ।

प्रहरीले बरामद गाजासहित पक्राउ परेका चालक मगरमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।