जनकपुरधाम । नेकपा एमाले धनुषाले नयाँ नेतृत्व चयनका लागि बैशाख २० गते जिल्ला अधिवेशन निश्चित गरेको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला ईन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले ८ औं धनुषा जिल्ला अधिवेशनको लोगो र नारा सार्वजानिक गरिन ।
देशको ७७ मध्ये ७६ जिल्लाको अधिवेशन भइसकेको छ भने धनुषा अधिवेशन ७७ औं नम्वरमा हुन लागेको हो । वतर्मान धनुषा अध्यक्ष राजकिशोर यादवको अगुवाईमा भएको पत्रकार सम्मेलनमा पुर्वमन्त्री नेतृ महतोले तिन दिवसीय अधिवेशनमा बाहिरि कुनै पनि सहयोग नलिई आफनै पार्टीको बलबुत्तामा आयोजना गर्न लागेको बताईन ।
धनुषा जिल्लाको समृद्वि र सुखीको आधार तिनै तहमा एमाले सरकार मुल नाराको साथ सार्वजानिक गरिएको अधिवेशनको लोगोमा जानकी मन्दिर माथी सुर्य उदाएको गोलो आकृती छ । सो अवसरमा पार्टीका नेता सुमन प्याकुरेल, प्रतिनीधिसभा सदस्य प्रतिक्षा तिवारी सहितको उपस्थिती रहेको थियो ।
१. भोला यादव – वर्तमान उपाध्यक्ष
२. सन्तोष यादव – प्रदेश सांसद, प्रत्यासी
३. जयप्रकाश सुरैत यादव – मेयर प्रत्यासी, राजनीतिक अनुभव र जनाधारमा बलियो
४. सुरेन्द्र भण्डारी – जउबा संघ अध्यक्ष
५. लक्ष्मी यादव – पूर्वसचिव, एमाले धनुषा
६. अनिल यादव – पूर्वमेयर, मिथिला विहारी
७. राजकिशोर यादव – वतर्मान अध्यक्ष, एमाले धनुषा