2024-03-28

Close

विपिन कुमार यादव,जनकपुरधाम, जेठ ६ । प्रदेशमा कोरोना संक्रमितको चाप बढन थाले पछि प्रदेश सरकारले ३ सय ५ आइसोलेशन बेड थप्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना संक्रमितहरुको संख्या बढने सम्भावना लाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरि ३ सय ५ आइसोलेशन बेड थप्ने निर्णय गरेको छ ।


हाल संचालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५० बेड , सिरहा अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पतालमा सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थप गर्ने निर्णय गरेको छ ।

बैठकले आर टी पिसिआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका पूर्व निर्देशक डा. राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds