जनकपुरधाम । यामाहा नेपालले जनकपुरमा ‘Blue-Fest Exchange Camp’ सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी एक्सचेञ्ज इभेन्टमध्ये एक मानिएको यो क्याम्प २०८२ सालको असार ११ गतेदेखि १७ गतेसम्म जनकपुरस्थित रंगभुमि मैदान बाह्र विघामा आयोजना हुनेछ ।
एक हप्तासम्म चल्ने उक्त इभेन्टमा यामाहाका विभिन्न मोडलका बाइक तथा स्कूटरहरू विशेष अफरसहित उपलब्ध छन् । बाइक वा स्कूटर एक्सचेञ्ज मात्र होइन, फाइनान्स सुविधासमेत उपलब्ध रहेको आयोजकले जानकारी दिएको छ ।
यामाहा ‘Blue-Fest Exchange Camp’ मा पाइने प्रमुख अफरहरू :
• जुनसुकै कम्पनीको जुनसुकै पुरानो यामाहा बाइक/स्कूटर साट्न सकिने व्यवस्था
• यामाहा कम्पनीको पुराना बाइकमा न्यूनतम ५०,००० रुपैयाँसम्मको मूल्यांकन
• जुनसुकै कम्पनीको जुनसुकै पुराना बाइक/स्कूटरमा न्यूनतम २५,००० रुपैयाँसम्मको मूल्यांकन
• अतिरिक्त १०,००० रुपैयाँसम्मको एक्सचेञ्ज बोनस
• कुनै ग्यारेन्टर नचाहिने ७.९९% ब्याजदरमा फाइनान्स सुविधा
• २ वर्षसम्मको फ्री सर्भिसिङ
• निशुल्क हेलमेटलगायतका आकर्षक एक्सेसरीज
• कम्पनीले जनाएअनुसार, यामाहाका लोकप्रिय मोडेलहरू जस्तै RayZR 125 Hybrid, R15 V4, MT-15 V2, FZ V3, Aerox 155 र WR155R समेत क्याम्पमा अवलोकन र खरिदका लागि उपलब्ध छन्। जापानी इञ्जिनियरिङमा निर्मित यामाहाका सवारी साधनहरू सुरक्षात्मक, स्टाइलिस र रोमाञ्चक राइडका लागि चिनिन्छन् ।
• साथीभाइ र परिवारका साथ सहभागी भई बाइक साट्ने, नयाँ मोडेल हेर्ने तथा उत्कृष्ट अफरको लाभ उठाउने यो उपयुक्त अवसर भएको यामाहा गौशालाले जानकारी दिएको छ ।