2025-07-16

Close

जनकपुरधाम । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरण गरिने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए ।

ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण गरिनेछ । आगो नियन्त्रण गर्ने दमकल अहिले देखिएको खानेपानी संकट निवारण गर्न उपयोगी साबित हुने प्रदेश सरकारले विश्वास जनाएको छ । खानेपानी आपूर्ति गर्न नेपानी सेना खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने बताइएको छ ।
मुख्यमन्त्री सिंहले नेपाली सेनाको सहकार्यमा दमकल परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेनाले थप ७ वटा ट्याङ्कर र एउटा दमकल पठाउने तयारी गरिरहेको छ।

यसवर्ष लामो समयदेखि वर्षा नभएकाले मधेश खडेरीको चपेटामा छ । यस प्रदेशमा करिब २० प्रतिशत जग्गामा मात्र धान रोपाइ भएको छ । यसवर्ष मधेसका जनताले खाद्यान्न संकटको सामना गर्नुपर्ने देखिन्छ । सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

वर्षा नभएकै पानीको सतह घटेर कल र बोरिङ सुक्न थालेको छ । खासगरी प्रदेशको उत्तरी भेगमा खानेपानीको हाहाकार भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर