2024-04-19

Close

अप्पन डेस्क,सिराहा,१२ फाल्गुन । सर्बोच्च अदालतले संसद पुर्नस्थापनाको आदेश दिएसंगै देशै भरि खुसिहाली छाएको छ । संसद विघटनलाई खारेज गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको सांसद प्रमोद यादवले प्रतिक्रिया दिएको छ ।

प्रदेश सभा सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाका सचिव प्रमोद यादवले सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै भनेका छन्, ‘न्याय मुर्तिहरुलाई हृदय देखि आभार ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

संविधानको रक्षा, जनताको व्यापक चासो र अपेक्षाको दबाबमा सर्बोच्च अदालतले सहित निर्णय लिएको एकाथरीको विश्लेषण छ भने आफनो कुर्सी बचाउन प्रधानमन्त्री ओलीले कसै संग कुनै सल्लाह नगरि संसद विघटन गरेकाले प्रधानमन्त्री आज हारेको कतिपयको विश्लेषण छ ।

प्रधानमन्त्री रणनिति भन्दा पनि आक्रोसको झोँकमा निर्णय लिएकाले हारको सामना गर्न परेको जानकारहरु बताउछन् भने कतिपयले प्रधानमन्त्रीको एक्लो साहसको सराहना गरिरहेको छ । विश्लेषण अनेक भएपनि देशमा अदालत, कानुन र विधिको शासन छ भने कुरा आजको सर्बोच्च अदालतको निर्णयले सावित भएको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds